ग्यास सिलेन्डर विस्फोट भएर आगलागी, घरको सर-समान जलेर नष्ट

सिलगढी : सिलगढीको डाबग्राम 2 नम्बर अञ्चल अन्तर्गत पर्ने तेलीपाडा इलाकास्थित एउटा घरमा ग्यास सिलेन्डर विस्फोट भएर आगलागी हुँदा घरको सबै सर-समानहरू जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो तेलीपाडा निवासी नेदु राजवंशी खाना पकाउन गएको समय ग्यास सिलेन्डर विस्फोट भएर आगलागी हुँदा घटनाबारे दमकल विभागलाई खबर दिएको बताइएको छ। घटनाको खबर पाएर दमकलको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर लगभग आधा घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। खाना पकाउन जाँदा उक्त आगलागी भए तापनि उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको सिलगढी दमकल विभागका स्टेसन म्यानेजर अजित घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *