ग्यास कटरको सहयोगले एटीएमको भल्ट काटेर रुपियाँ चोरी, जाँचमा जुट्यो पुलिस

सिलगढी : केही दुष्कृतिहरूले ग्यास कटरको सहयोगले एटीएमको भल्ट काटेर रुपियाँ लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढी पुलिस कमिश्नरेटको बाघडुग्रा थाना अन्तर्गत राङ्गापानी सुपर मार्केट इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहानै केही दुष्कृतिहरू राङ्गापानी सुपर मार्केट इलाकामा रहेको एउटा एटीएममा पसेर ग्यास कटरको सहयोगले एटीएमको भल्ट काटेर रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। स्थानीय मानिसहरूले बिहान घटनाबारे थाहा पाएपछि पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्दा एटीएम मसिनको मुनि रहेको भल्ट ग्यास कटरको सहयोगमा काटेको थाहा पाए। पुलिसले इलाकामा जडान गरेको सीसीटीभी फुटेजको जाँच गर्दा आज बिहान 3 बजी ग्यास कटरको लागि ग्यास सिलेन्डर बोकेर 3 जना उक्त एटीएममा पसेको दृश्य कैद भएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त एटीएम मसिनमा लगभग 3 लाख रुपियाँ थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *