ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवादमा डीवाईएफआई-द्वारा विरोध प्रदर्शन

सिलगढी : पेट्रोल-डीजलबाहेक ग्यास सिलेन्डरको मूल्यमा पनि वृद्धि भएकोले आज डीवाईएफआईको तर्फबाट यसको प्रतिवादमा विक्षोभ प्रदर्शन गरियो। ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै डीवाईएफआई-का नेता तथा कार्यकर्ताहरूले ग्यास सिलेन्डरलाई फुलमाला लगाएर शव यात्रा निकाले। यस अवसरमा डीवाईएफआई-का नेता तथा कार्यकर्ताहरूले बाइक तथा स्कुटी लिएर उक्त शव यात्रामा सामेल भएको बताइएको छ। डाबग्राम दक्षिण लोकल कमिटीका सचिव दीपङ्कर साहाले हाल ग्यास सिलेन्डर लगायत पेट्रोल-डीजलको मूल्य वृद्धि भएकोले साधारण मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। यसैले आज डीवाईएफआई-ले यसको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *