ग्यास सिलेन्डर बुकिङको लागि फोन नम्बर परिवर्तन

इन्डेन ग्यास सिलेन्डरको बुकिङ नम्बर परिवर्तन भएको छ। इन्डेन ग्यास कम्पनीले ग्यास बुकिङको नम्बर परिवर्तन गरेपछि अबदेखि ग्राहकहरूले देशभरिमै एउटै नम्बरमा ग्यास सिलेन्डरको बुकिङ गर्नु पर्नेछ। उक्त नयाँ बुकिङ नम्बर आगामी 1 नोभेम्बरदेखि शुरू गरिने भएको छ। ग्राहकहरूको सुविधाको लागि देशभरिमै इन्डेन एलपीजी रिफिल बुकिङको लागि 7718955555 नम्बर जारी गरेको छ भने उक्त नम्बर ग्राहकहरूको लागि 24 घण्टा नै उपलब्ध रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *