ग्यास सिलेन्डर, पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा एसयुसीआई-द्वारा कुचबिहारमा विक्षोभ

कुचबिहार : कुचबिहारमा ग्यास सिलेन्डर, पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै एसयुसीआई कम्युनिस्ट पार्टीले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। प्राप्त जानकारीअनुसार एसयुसीआई कम्युनिस्ट पार्टीका सदस्यहरूले आज दिउँसो कुचबिहार सहरको कछारी मोड इलाकामा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो।


प्रदर्शनकारीहरूको भनाइअनुसार ग्यास सिलेन्डर लगायत पेट्रोल, डीजलको मूल्य वृद्धि भएकोले साधारण मानिसहरूलाई धेरै समस्या भइरहेकोले गर्दा नै आज यसको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरिएको हो। यस विषयमा चाँडै कुनै पहल नगरे वृहद आन्दोलन गर्ने संगठनका सदस्यहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *