ग्यासको मूल्य वृद्धि विरूद्ध सीपीआईएमले निकाल्यो विरोध ऱ्याली

सिलगढ़ी : सिलगढ़ीमा आज सीपीआईएम दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट केन्द्र सरकारको विरूद्धमा एउटा ऱ्याली निकालिइयो। आज साँझमा सीपीआईएम पार्टी कार्यालय अनिल विश्वास भवनबाट उक्त ऱ्याली शुरू भएर सिलगढ़ी शहरको भेनस मोड़ ,पानीटयाङ्की, सेभोक रोड हुँदै पुन: अनिल विश्वास भवन अघिल्तिर आइपुगेपछि समापण गरियो। ऱ्यालीमा उपस्थित सीपीआईएम समर्थकहरूले एउटा खाना पकाउने ग्यास सिलेण्डरलाई फुलको माला लगाइ दिएर बाँसको सहायताले काँधमा बोकेर ग्यासको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरे। उक्त ऱ्यालीमा केन्द्र सरकारद्वारा खाना पकाउने ग्यासमा 150 रूपियाँको मूल्य वृद्धि गरेकोमा विरोध जनाउँदै प्रदर्शनकारीहरूले यसको मूल्य कम गर्नु पर्ने माग गरे। ऱ्यालीमा सिलगढ़ी नगर निगमका मेयर तथा विधायक अशोक भट्टाचार्य , सीपीआईएम नेता जीवेश सरकारलगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा मेयर अशोक भट्टाचार्यले केन्द्र सरकारको नीतिको आलोचना गर्दै केन्द्रको भाजपा सरकार देशबाट महँगाइ, बेरोजगारीलाई समाप्त गर्ने वाचा गरेर सत्तामा आए तापनि हाल लगातार दैनिक प्रयोगमा आउने आवश्यकीय सामग्रीहरू लगायत खाना पकाउने ग्यास,पेट्रोल डीजलको मूल्यमा लगातार आकाश छुने वृद्धि भइरहेको बताए। यसले गर्दा साधरण मानिसहरूलाई धेरै असुविधा पुगिरहेको तिनले बताए।  खाना पकाउने ग्यासको मूल्यमा भएको 150 रूपियाँको वृद्धिलाई केन्द्र सरकारले यदि फिर्ता नलिए सीपीआईएमले वृहत्तर आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbet girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes