ग्यासको मूल्य वृद्धिको प्रतिवादमा सडकमा दाउराले खाना पकाएर महिला तृणमूल-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : खाना पकाउने ग्यासको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसले सिलगढी सहरको हासमी चोकमा दाउराले चुल्हामा खाना पकाएर विक्षोभ प्रदर्शन गरे। ग्यास सिलेन्डरको मूल्य वृद्धि लगायत नित्य प्रयोजनीय सर समानको मूल्य वृद्धिको प्रतिवादमा तिनीहरूले केन्द्र सरकारविरुद्ध विक्षोभ प्रदर्शन गरे। यस अवसरमा राज्यका स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्य पनि उपस्थित थिइन्। यस अवधि तृणमूल नेत्रीहरूले सहरको मुख्य सडकमा दाउराले चुल्हामा खाना पकाएर विक्षोभ प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *