ग्यास मूल्य वृद्धिको प्रतिवादमा युवा कांग्रेसको प्रदर्शनी

अलिपुरद्वार : ग्यासको मूल्य वृद्धिको प्रतिवादमा अलिपुरद्वार युवा कांग्रेसले घाटीमा पोस्टर झुण्ड्याएर यहाँको कलेज हल्ट इलाकामा आज दिउँसो अनौठ प्रकारले विक्षोभ प्रदर्शनी गरे। यसको साथै तिनीहरूले आफूहरूको अघिल्तिर खाली सिलेन्डर राखेर चुल्हामा रोटी बनाउन शुरू गरे। युवा कांग्रेसका जिल्ला सभापति शान्तनु देवनाथले ग्यासको मूल्य वृद्धि भएको साथै सब्सिडी बढाए तापनि यसको मानिसहरूले ठिकसँग रुपियाँ प्राप्त नगरेकोले गर्दा नै आज युवा कांग्रेसले यसको प्रतिवाद जनाएर विरोध प्रदर्शनी गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *