ग्यास पाइप लिक हुँदा आगलागी

सिलगढी : जलपाईगढीको क्लब रोडस्थित एउटा बहुतले सरकारी आवासको एउटा घरमा ग्यास पाइप लिक हुँदा आगलागी भएको छ। प्राप्त जानकारीअनुसार अचानक ग्यास सिलेन्डरको पाइप लिक भएर आगलागी भएको बताइएको छ। तत्कालै अग्नि विभागलाई यसबारे खबर दिएपछि दमकल कर्मीहरू घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *