गत 24 घण्टामा दार्जिलिङ जिल्लामा मोठ 197 जना कोरोना संक्रमित

सिलगढी : गत 24 घण्टाको अवधिमा दार्जिलिङ जिल्लामा मोठ 197 वटा नयाँ कोरोना संक्रमितको मामिला प्रकाशमा आएको छ, जसमा सिलगढी नगरनिगम क्षेत्र लगायत जलपाईगढीका केही भागहरू सामेल रहेको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगम क्षेत्रबाट 114, दार्जिलिङ नगरपालिका क्षेत्रबाट 7, सुकनाबाट 6, खरसाङबाट 1, बिजनबारीबाट 2, सुकेपोखरी 4, मिरिक 3, मतिगढाबाट 44, नक्सलबारीबाट 15 र फाँसीदेवा 1 जना कोरोना संक्रमित भएको छ। सिलगढी नगरनिगम लगायत जलपाईगढीको केही भागमा गत 24 घण्टाको अवधि 128 नयाँ कोरोनाको मामिला प्रकाशमा आएको छ। अर्कोतिर, मोठ 50 जना कोरोना संक्रमितहरू (होम आइसोलेसन) स्वस्थ भएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *