गाउँले रक्सीको बिक्री बन्द गराउने अभियानमा खोरीबारी पुलिसका एएसआई घाइते, एकजना पक्राउ

खोरीबारी, 17 दिसम्बर (निसं): गाउँले रक्सी बिक्री बन्द गराउने क्रममा खोरीबारी थानाका एकजना एएसआई घाइते भएका छन्। यो घटना बंगाल-बिहार सीमासँग जोडिएको खोरीबारीको डांगुजोत क्षेत्रमा घटेको हो। प्राप्त जानकारी अनुसार, खोरीबारी थानाको पुलिस टोलीले सोमबार डांगुजोत क्षेत्रमा गाउँले रक्सी विरोधी अभियान चलाइरहेको समय रक्सी पिउने व्यक्तिहरूसँग पुलिसको झगडा भएको थियो। यस घटनामा खोरीबारी थानाका एकजना एएसआई घाइते भएका छन्। घाइते पुलिस अधिकारीको उपचार हाल खोरीबारी ग्रामीण अस्पतालमा चलिरहेको छ। यस घटनामा पुलिसले एक जनालाई पक्राउ गरेको छ, जसको नाम सुनील महतो रहेको छ। उक्त घटना पछि यहाँका 15-20 जना भागेका छन्। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom