गयेरकाटा चियाकमानमा चितुवाको हमलामा महिला श्रमिक घाइते

गयेरकाटा : गयेरकाटा चियाकमानमा चितुवाको हमलामा एउटी महिला चिया श्रमिक घाइते भएकी छन्। घाइते श्रमिक गयेरकाटाको ज्योर्तिमयपल्ली निवासी सरस्वती विश्वासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो चियाकमानको हिन्दुपाडा डिभिजनको 10 नम्बर सेक्सनमा उक्त महिलाले चियापत्ती टिपिरहेको समय चितुवाले तिनीमाथि हमला गर्दा गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा उक्त महिलालाई उद्धार गरेर वीरपाडा राज्य साधारण अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। अर्कोतिर, कमान कर्तृपक्षको तर्फबाट उक्त चितुवालाई पक्रनको लागि वन विभागलाई कमानमा खोर थाप्ने माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.