गायिका मिन्छामा राईको लागि अनित थापाद्वारा आर्थिक सहयोग

मिरिक: नेपालको चर्चित रियालिटी शो ‘द भोइस अफ् किड्स’-को लाइभ राउण्डमा पुगेकी मिरिकका मिन्छामा राईलाई भोटको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले मिन्छमा फ्यान क्लबलाई 50 हजार रूपियाँ सहयोग गरेको मिन्छामाको पिता सुबोध राईले बताए। मिन्छमा फ्यान क्लबका सदस्यहरूले सौरेनीमा आज अनित थापासित भेट गरेर सहयोग मागेपछि तिनले 50 हजार सहयोग गरेको जानकारी गराँउदै यसको निम्ति तिनले अनित थापाप्रति आभार प्रकट गरेका छन्। तिनले यस अवसरमा अनित थापाले मिन्छामालाई जीतको लागि शुभकामना पनि दिएको बताए। स्मरण रहोस, मिरिककी नाबालिका गायिका मिन्छमा राई भोटिङ चरणमा प्रवेश गरिसकेकी छन्। भोटिङको माध्यमद्वारा मिन्छामा अघिल्लो राउण्डहरूमा पुग्ने हुनाले यतिखेर तिनलाई अधिक भोटको आवश्यक्ता परेको छ भने मिन्छमाको लागि यहाँका विभिन्न संघ-संस्थाहरूले पनि विभिन्न कार्यक्रमहरू गरेर रूपियाँ संग्रह गर्नको साथै भोटको अपील गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *