गेन्द्रापाडा चियाबारी प्रबन्धक पक्षबाट बानरहाट बजारमा सेनिटाइज

बानरहाट : वर्तमान समयमा कोरोनाको दोस्रो लहरले बनारहाट क्षेत्रमा पनि संक्रमित हुनेहरुको संख्या दिन-प्रतिदिन बढ्दै जाँदैछ। राज्य सरकारले कोरोना संक्रमणबाट राज्यवासीलाई जोगाउन हाल राज्यभरिमैं आंशिक लकडाउनको घोषणा पनि गरेको छ। यसैगरी, यहाँको चियाबारी क्षेत्रहरुमा यसलाई रोकथाम गर्न श्रमिकहरुलाई प्रबन्धक पक्षबाट जागरुक गराउनको साथै स्वस्थ्य सम्बन्धी कठोर नियम शुरु गरिएको छ। चियाबारीका श्रमिकहरुको आवासमा सेनिटाइजर गर्ने कार्य पनि चियाबारी प्रबन्धक पक्षबाट गरिरहेको छ। चियाबारी मात्र नभएर आज गेन्द्रापाडा चियाबारी प्रबन्धक पक्षबाट बानरहाट बजारमा पनि सेनिटाइज गरियो। गेन्द्रापाडा चियाबारीका श्रमिक कल्याण अधिकारी बिशु दासले भने, चियाबारीका श्रमिकहरु साथै स्थानीय मानिसहरु बानरहाटमा दैनिक रुपमा नै आवत-जावत गर्ने भएकोले श्रमिक आवासको साथै बानरहाट बजारलाई पनि सुरक्षित राख्न आज सेनिटाइज गरिएको बताए। यसको साथै चियाबारीका श्रमिकहरुलाई कोरोनाबारे सचेतना गराउँदै मास्क पनि वितरण गरिएको छ भने निरन्तर रुपमा श्रमिकहरुलाई काडा बनाएर खुवाउने अनि काडा बनाउने नियमहरु पनि बताइरहेको तिनले बताए। यता बानरहाटका स्थानीय व्यवसायीहरुले गेन्द्रापाडा चियाबारी प्रबन्धन पक्षको कार्यलाई सराहनीय कार्य बताएको छ। अर्कोतिर, बानरहाट बजारका पञ्चायत सदस्य कुटी नन्दीले गेन्द्रापाडा चियाबारी प्रबन्धन पक्षले यसरी आज बानरहाट बजारदेखि अस्पतालसम्म सेनिटाइज गरिदिएकोमा धन्यवाद दिएका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *