जर्मनी नागरिकहरूलाई कोरोना भाइरस नभएको पुष्टि

जयगाउँ : भूटानको फुन्चोलिङ शहरमा हिजो दुईजना जर्मनी नागरिकलाई कोरोना भाइरस भएको सन्देहमा फुन्चोलिङ सरकारी अस्पतालमा राखेपछि तिनीहरूको जाँच गर्दा भाइरस फेला नपरेको बताइएको छ। सूत्रले दिएको जानकारीअनुसार भारत भूटान सीमान्तको सबै गेटमा कोरोना भाईरसबारे जाँच गरेपछि मात्र भुटानमा प्रवेश गर्ने अनुमति दिइँदैछ भने विदेशबाट घुम्न आउनेहरूलाई रोक लगाइएको छ। स्मरण रहोस्, हिजो दुईजना जर्मनी नागरिकलाई जाँच गरिँदा तिनीहरूको तापमान अधिक रहेको थाहा पाएपछि कोरोना भाइरसको आशंका गरेर फुन्चोलिङ सरकारी अस्पताल पुर्याउनको साथै तिनीहरूको जाँच गरिएको थियो। उक्त जर्मनका नागरिक लिएर आएका एकजना सिक्किमका चालक अनि जयगाउँका एकजना सहयोगीलाई पनि भाइरसको सन्देहमा अस्पतालमा लगेर जाँच गरेपछि छोडिदिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *