‘गेट वेल सुन’ कार्ड बोकेर सिलगढीमा तृणमूल-को विरोध कार्यक्रम

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसले आज सिलगढीमा गाँधीजीको सालिग नजिक गुलाब र गेट वेल सुन कार्ड बोकेर विरोध कार्यक्रमको आयोजना गर्यो। यस कार्यक्रमको माध्यमद्वारा राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीलाई शान्तिकुञ्जस्थित घरमा गेट वेल सुनकार्ड पठाएको छ। यसको साथै तृणमूल नेताहरूले गाँधीजीको सालिगमा पुष्प अर्पण गरे। स्मरण रहोस्, विपक्षी नेता शुभेन्दु अधिकारीले अभिषेक ब्यानर्जीको छोराको जन्मदिनमा ट्वीटमार्फत् कोइला भतीजाको छोराको बर्थडे पार्टीको अवसरमा एउटा होटलमा 500 पुलिसकर्मी, बम स्क्वायड र डग स्क्वायड तैनाथ गरिएको छ। यसै ट्वीटलाई लिएर विवाद शुरू भएपछि तृणमूलले शुभेन्दु अधिकारीलाई गेट वेल सुन कार्ड पठाउने कार्यक्रम शुरू गर्यो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदब्रत दत्त, दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष निर्णय राय लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेस अध्यक्ष निर्णय रायले भने, जसरी विपक्षी नेताले भिन्ना-भिन्नै टिप्पणी गरिरहेको छ। तिनले एउटा नानीको अपमान गरिरहेको छ। यसैले आज यसको विरोध जनाउँदै उक्त कार्यक्रमको आयोजना गरिएको हो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसले विपक्षी नेता शुभेन्दु अधिकारीको स्वास्थ्यको कामना गर्दै एउटा गुलाब सहित पत्राचार गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *