घाइतेहरूका लागि डीवाईएफआई-द्वारा रक्तदान शिविर

सिलगढी : भारतको गणतान्त्रिक युवा फेडरेशन दार्जिलिङ जिल्ला कमिटीको आयोजनामा आज रक्तदान शिविरको आयोजना गऱ्यो। जलपाइगढीको मैनागढी नजिक हिज भएको रेल दुर्घटनामा परेर घाइते भएकाहरु धेरै जनालाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। यसैले तिनीहरूलाई रगतको आवश्यक्ता पर्ने हुनाले साथै मेडिकलको ब्लड ब्याङ्कमा रगतको कमीलाई ध्यानमा राखेर आज गणतान्त्रिक युवा फेडरेशन (डीवाईएफआई)-को तर्फबाट रक्तदान शिविरको आयोजना गरेको दार्जिलिङ जिल्ला कमिटीका सह सचिव सागर शर्माले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार आजको रक्तदान शिविरमा डीवाईएफआई-को तर्फबाट धेरैजना युवाहरूले स्वेच्छा रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *