घण्टौँसम्म लाइनमा उभिएर भ्याक्सिन नपाएपछि मानिसहरूद्वारा अलिपुरद्वारमा पथ अवरोध

अलिपुरद्वार : अलिपुरद्वार नगरपालिकाको आरबान प्राथमिक स्वास्थ्य केन्द्रमा आज बिहान 4 बजीदेखि लाइनमा उभिएर कोरोनाको भ्याक्सिन नपाएपछि धेरैजना मानिसहरूले अलिपुरद्वारको मादब मोड़ इलाकामा पथ अवरोध गरे। प्राप्त जानकारीअनुसार आज बिहान 4 बजीदेखि नै धेरैजना मानिसहरू टीकाकरणको लागि लाइनमा उभिएका थिए भने बिहान 10 बजी सेन्टर खोलिएपछि उक्त सेन्टरका प्रबन्धन हिजो टोकन दिएका मानिसहरूले आज कोरोनाको भ्याक्सिन पाउँदैन भनेर जनाए। यसपछि घण्टौँसम्म लाइनमा उभिएका मानिसहरूले क्षोभ प्रकट गर्दै सेन्टर अघि विरोध प्रदर्शन गरे। उक्त घटनापछि सेन्टरमा ताला लगाएर सेन्टर प्रबन्धनले चम्पट कसे। यसपछि आक्रोशित मानिसहरूले अलिपुरद्वारको मादब मोड़ इलाकामा पथ अवरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *