घर अघिबाट चोरी भएको टोटो उद्धार, 1 जना पक्राउ

सिलगढी : सिलगढी थाना पुलिसले घर अघिबाट चोरी भएको टोटो उद्धार गर्नको साथै घटनामा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम सुभाष बर्मन (40) बताइएको छ। प्राप्त जानकारी अनुसार गत 7 जनवरीमा रथखोला इलाका निवासी जगदीशचन्द्र सरकारको घर अघिबाट टोटो चोरी भएको थियो।


तिनले विभिन्न ठाउँमा टोटो खोजी गरे तापनि नपाएपछि सिलगढी थानामा टोटो चोरी भएकोबारे अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका सिलगढी थानाको एन्टी क्राइम विङ्सले फुलेश्वरीको दक्षिण भारतनगरस्थित देवाशीष कोलनीबाट सुभाष बर्मनलाई पक्राउ गर्नको साथै चोरी गरेको टोटो पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *