घर अघि फोहोर-मैला फ्याँक्ने भ्याट राखेकोले ‘टक टु मेयर’ कार्यक्रममा अभियोग पाएपछि मेयरद्वारा इलाकाको निरीक्षण

सिलगढी :  घर अघि फोहोर-मैलाको भ्याट राखेकोले सिलगढी नगरनिगमको 21 नम्बर वार्ड अन्तर्गत रवीन्द्रनगरका एकजना निवासीले टक टु मेयरकार्यक्रममा मेयरसित अभियोग गरे। उक्त अभियोगको आधारमा आज मेयर गौतम देवले उक्त इलाकाको निरीक्षण गरे। यस अवधि अभियोगकर्ताले भने, तिनको घरको गेट अघि एउटा भ्याट राखेको छ। उक्त भ्याटबाट धेरै दुर्गन्ध आउने गरेकोले गर्दा आफूहरूलाई निक्कै समस्या भइरहेको छ। यसबाहेक पानीको समस्यालाई लिएर पनि अभियोग गरिएको थियो। मेयरले आज उक्त इलाकामा गएर सबै विषयमा जाँच गरेपछि तिनले भने, हाल उक्त भ्याट यहाँबाट हटाउने छैन। भ्याटभित्र फोहोर-मैला फ्याँक्दा केही असुविधा छैन तर ती फोहोर-मैलाहरू बाहिर फ्याँकेकोले समस्या भइरहेको छ। यसैले स्थानीय मानिसहरूलाई जागरूक गर्नको लागि एउटा सभा गरिनेछ। सबैलाई उक्त भ्याटभित्र फोहोर-मैला फ्याँक्ने साथै केही दिनको अवधिमै उक्त फोहोर-मैला त्यहाँबाट लैजानको लागि वाहन पठाइनेछ। यसले गर्दा समस्याको समाधान हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *