घर भाडामा लिँदा प्रशासनिक दिशा निर्देश पालन गर्नु पर्नेछ : डीसीपी ईस्ट जय टुडु

सिलगढी : घर भाडामा दिन अथवा लिन अघि अब प्रशासनिक दिशा-निर्देश पालन गर्नुपर्ने डीसीपी ईस्ट जय टुडुले जानकारी दिएका छन्। सिलगढी लगायत एनजेपी थाना अन्तर्गत इलाकामा घर भाडामा लिनेहरूलाई लिएर पुलिस प्रशासन सतर्क भएका छन्। फुलबारीको बसुन्धरा आवासमा धेरैजना मानिसहरू बाहिरबाट आएर घर भाडामा लिएर बस्ने गर्छन्। अबदेखि घर भाडामा लिएर बस्ने मानिसहरूले प्रशासनको निर्देश पालन गर्नुपर्नेछ। आज डीसीपी जय टुडु मामिलाको जाँच गर्नको लागि एनजेपी थानाका ओसी समीर तामाङलाई साथमा लिएर बसुन्धरा आवास पुगे। डीसीपी ईस्ट जय टुडुले बताएअनुसार अबदेखि घर भाडामा लिने मानिसहरूले आफ्नो सबै जानकारी अनलाइन अथवा फारम भरेर एनजेपी थानामा जम्मा गर्नुपर्नेछ। यसो नगरेको खण्डमा घर भाडामा लिने मानिस र घर मालिकविरुद्ध कानुनी कार्वाही गरिने तिनले बताए। अर्कोतिर, स्थानीय प्रधान नमिता करातीले प्रशासनको उक्त पहलको प्रशंसा गर्दै सम्पूर्ण फुलबारी इलाकामा यो नियम लागू गरियोस् भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *