गाड़ीधुरामा तीन दिवसीय गणपति पुजा शुरू

खरसाङ : खरसाङ  खण्ड अन्तर्गत गाड़ीधुराको गाड़ीधुरा सहयोग संगठनको तत्वावधानमा आजदेखि गाडीधुरास्थित शहीद मेजर दुर्गा मल्ल चोकमा तीन दिवसीय गणपति पूजा आजदेखि शुरु भएको छ। हाल विश्वभरि फैलिएको कोभिड महामारी केही हदसम्म कम भए पछि हुन लागिरहेको यस तीन दिवसीय पूजामा कोभिड प्रोटोकललाई विशेष ध्यानमा राखेर पूजाको आयोजना गरिएको छ। संगठनको पक्षबाट प्रणय प्रधानले बताए अनुसार यो संगठन खोल्नुको मुख्य उद्देश्य गाड़ीधुरा अनि संलग्न क्षेत्रहरमा रहने असहाय अनि विपन्न परिवारहरुको सहयोगको निम्ति हो। यस संगठनले आफ्नो नाम यसै वर्ष पाए तापनि यसका सदस्यहरुले विगत धेरै वर्षदेखि विभिन्न रुपले समाजका असहायहरुलाई सहयोग गरिरहेको बताए। यसै बिषयमा बोल्दै संगठनका सदस्य मुन्ना आलमले हाल महामारीको कारण धेरै कठिनाइको सामना गरिरहेको बेला गणपतिको पूजा गरेर केही हदसम्म क्षेत्रलाई सुख, शान्ति अनि समृद्धि होस् भन्न हेतु गरिएको जनाए। संगठनले धेरै कार्यहरु गर्दै आएता पनि आफ्नो नामकरण पछि यो पहिलो ठुलो कार्यक्रम गरेको र यहाँबाट समाजको निम्ति अझ धेरै असल कार्यहरु गर्दै जाने पनि संगठनको पक्षबाट संजोग राईले बताए। गाडीधुरास्थित शहीद मेजर दुर्गा मल्ल चोकमा भइरहेको तीन दिवसीय पूजाको आज प्रथम दिन गणपति स्थापना गरियो भने भोलि दोस्रो दिन गणेश पूजा र आरती साथै तेस्रो दिन पूजा, होम र प्रसाद वितरण हुने जानकारी संगठनको सदस्य शिव शर्माले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *