घरेलु ग्यास विषयमा उपभोक्ताहरूलाई जागरूकता

खरसाङ (निसं) : खरसाङको वार्ड नम्बर 2 टेकबीर बस्ती निवासी गोपाल छेत्रीले घरेलु ग्यास विषयमा उपभोक्ताहरूलाई धेरै अघिदेखि जागरूकता फैलाउने कार्य गरिरहेका छन्। अहिले पहाडमा उपभोक्ताहरुको सुरक्षाप्रति ग्यास वितरकहरु गम्भीर नरहेको उनी बताउँछन्। यसको साथै एउटा सिलिन्डरमा कम्तीमा एक किलो ग्यास कम भएको सिलिन्डर वितरण गरिएको र त्यसभन्दा पनि 86 रुपियाँ घाटा बेहोर्नु परेको छेत्रीको भनाई छ। तिनले उपभोक्ताले 14.2 केजीको पैसा तिरेर तौल कम भएको सिलिन्डर किन लिनु भनी प्रश्न गर्दै पहाडका जनतालाई सचेत हुने अनुरोध गर्दछु र डिलिवरी ब्वाईलाई तौल देखाउन र लिकेज जाँच गर्ने अनुरोध गर्दछु भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *