घरको छतबाट झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी (निसं): सिलगढीको शक्तिगढ इलाकामा एकजना व्यक्तिको शव झुन्डिएको अवस्थामा उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। मृतकोका नाम मिठुन राय बताइएको छ। तिनी हल्दीबारी निवासी थिए। प्राप्त जानकारी अनुसार मिठुन राय गत केही महिना अघिदेखि सिलगढीको जलपाईमोडस्थित एउटा बारमा काम गर्दथे। तिनी शक्तिगढस्थित एउटा घरको स्टाफ क्वार्टरमा आफ्नो सहकर्मीहरूसित बस्थे। मिथुन बिहिबार काममा गएका थिए तर तिनी चुपचाप थिए। यसैबीच तिनको मोबाइलमा कुनै व्यक्तिसित कुराकानी भएको थियो। यसपछि तिनी राति कामबाट पनि चाँडै फर्किएका थिए। अर्कोतिर, आज बिहान घरको छतमा झुन्डिरहेको अवस्थामा तिनको शव उद्धार भएको छ। घटनाको खबर पाएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *