घरमा आगो लागेपछि सर-समानसहित जलेर लाखौँको क्षति

गान्तोक: सिक्किमको सोरेङ जिल्ला अन्तर्गत दोदक वार्ड नम्बर 1 निवासी रनमाया भुजेलको घर आज बिहान आगलागी हुँदा जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार आज बिहानै 4 बजेर 15 मिनटमा उक्त घरमा आगो लागेपछि घर भित्र रहेका सबै सर-सामग्रीसहित कागजपत्र, रूपियाँ, सुन-चाँदीका गर-गहनाहरू साथै काटेर राखेको काठहरू पनि जलेको बताइएको छ। घटनाको समय घरमा रन माया भुजेल एक्लै थिइन्। एकाबिहानै के कारणले यति ठूलो दुर्घटना घट्यो भन्ने कुरा थाहा लाग्न सकेको छैन। स्थानीय गाउँलेहरुको सहयोगमा लगातार गरेको प्रयास पछि आगोलाई नियन्त्रणमा ल्याइए तापनि उक्त आगलागी काण्डमा लाखौं रुपियाँको नोक्सान भएको पीडित पक्षको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *