घरमा अवैध रम-रक्सीको व्यापार चलाएको आरोपमा एकजना पक्राउ

 सिलगढी (निसं): घरमा अवैध रम-रक्सीको व्यापार चलाइरहेको थाहा पाएपछि आशीघर पुलिसले छापामार अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम तपन सरकार बताइको छ। आरोपीको घरबाट पुलिसले धेरै मात्रामा रम-रक्सी उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार तपन सरकारले लामो समयदेखि आशीघर पुलिस आउट पोस्ट अन्तर्गत इलाकामा आफ्नो घरबाट अवैध रूपमा रम-रक्सीको व्यापार गरिरहेका थिए। आरोपीले घरमा गोदाम बनाएर धेरै मात्रामा रम-रक्सी राखेको थियो। गोप्य सूत्रबाट जानकारी पाएपछि पुलिसले मंगलवार राति घरमा छापा मारेको थियो। यस अवधि घरबाट लाखौ रुपियाँको अवैध रम-रक्सी उद्धार गरिएको छ।  घटनामा तपन सरकारलाई पक्राउ गरेपछि बुधवार तिनलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *