घरमा देह व्यापार चलाएको आरोपमा  दुईजना हिरासतमा

सिलगढी : सिलगढीको घोगोमाली संलग्न बकुलतला मोड़स्थित एउटा घरमा देह व्यापार चलाएको आरोपमा पुलिसले दुईजना व्यक्तिलाई हिरासतमा लिएको छ।  उक्त घरमा धेरै समय अघिदेखि देह व्यापार चलाइरहेकोले यसबारे वार्ड को-अर्डिनेटरलाई जानकारी गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। गत राति उक्त घरको परिवारका सदस्यहरूसित बाहिरका केही युवकहरूको विवाद शुरू हुँदा स्थानीय मानिसहरूसित पनि वाद विवाद भएको बताइएको छ। यसपछि आक्रोशित स्थानीय मानिसहरूले उक्त घरमा छापामारी गर्दा 2 जना युवक र 3 जना युवतीलाई आपत्तिजनक अवस्थामा भेट्टाएपछि यसबारे पुलिसलाई जानकारी दिए। तथापि, पुलिस आउन अघिनै सबैजना त्यहाँबाट चम्पट कसे भने मुख्य आरोपीले बिमारीको बहाना गरेर अस्पतालमा भर्ना भएको बताइएको छ। यसपछि स्थानीय मानिस र पुलिसको पहलमा एउटी युवती र एकजना युवकलाई पक्राउ गर्नको साथै तीनवटा मोबाइल पनि जफत गरेको छ। पुलिसले उक्त घरमा ताला लगाइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *