घरमै बसेर युट्युबमार्फत् सिलगढी सेन्ट्रल कोलनीको दुर्गा पुजा हेर्न सक्ने

सिलगढी : कोरोना महामारीलाई ध्यानमा राखेर सरकारी नियमअनुसार सिलगढी सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले यस वर्ष भर्चुअल पुजा देखाउने व्यवस्था गरेको छ। हाईकोर्टको निर्देशअनुसार यस वर्ष पुजा घुम्न आएका मानिसहरूलाई पुजा पण्डालभित्र प्रवेश गर्न निषेध गरिएको छ। यसको साथै कोरोना भाइरसको संक्रमणलाई रोक्न सबै पुजा कमिटीहरूले विविध व्यवस्थाहरू अप्नाउनु पर्ने निर्देश दिएको छ। यसैले हाईकोर्टको निर्देश अनुसार यस वर्ष सिलगढी सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले मानिसहरूलाई घरमै बसेर भर्चुअल पुजा देखाउने व्यवस्था गरेको बताइएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पुजा कमिटीका सभापति कञ्चन रायले हाईकोर्टको निर्देश पालन गर्दै दुर्गा पुजा पण्डालभित्र दर्शनार्थीहरूलाई प्रवेश गर्न निषेध गरिएको बताए। यदि कसैले उक्त पुजा कमिटीको पुजाको दर्शन गर्न चाहे युट्युबको माध्यमद्वारा सिलगढी सेन्ट्रल कोलनी दुर्गा पुजा सर्च गरेर घरमै बसेर पुजा हेर्न सक्ने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *