घरमै प्रतिबन्धित कफ सिरपको व्यवसाय चलाएको आरोपमा महिला पक्राउ

सिलगढी : स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले गत अबेर राति एउटा घरमा संयुक्त अभियान चलाएर अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित कल्पना राय (36) नाम गरेको एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिलालाई आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार कल्पना राय प्रधान नगर अन्तर्गत हिमकोर्स भवनस्थित घरमा प्रतिबन्धित कफ सिरप किन-बेचको व्यवसाय गर्दै आइरहेकी थिइन्। कल्पना रायले गत धेरै दिन अघिदेखि चम्पासरी, देवीडाङ्गा र मिलनमोड़ संलग्न इलाकामा मादक पदार्थको व्यवसाय गर्ने गर्दथिन्। एसओजीले यसबारे सुइँको पाएपछि गत राति एसओजी र प्रधान नगर थाना पुलिसले सादा पोसाकमा संयुक्त रूपमा हिमकोर्स भवन संलग्न इलाकामा ग्राहक बनेर गएपछि उक्त मामिला उजागार भएको बताइएको छ। उक्त अभियान अवधि पुलिसले कल्पनाको घरबाट अधिक मात्रामा प्रतिबन्धित कफ सिरप पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin