घरमा पानी पसेपछि गाउँलेहरूद्वारा सिलगढीमा फेरि पथावरोध

सिलगढी : पानी परेपछि सिलगढीको 35 नम्बर वार्ड जलमग्न भएकोले स्थानीय मानिसहरूले रोष व्यक्त गर्दै एकपल्ट फेरि पथ अवरोध गरे। प्राप्त जानकारी अनुसार सिलगढीको 35 नम्बर वार्डका मानिसहरूले आज एनजेपी स्टेशनतर्फ जाने मुख्य सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। विक्षोभकारीहरूको आरोपअनुसार धेरै समय अघिदेखि फुलेश्वरी नदीको सफाई कार्य नगरेकोले गर्दा नै पानी पर्न साथ इलाकामा पानी जम्ने गर्दछ। गत सोमबार पानी परेपछि उक्त इलाकाको धेरैवटा घरमा पानी पसेको थियो। नदी सफाईको काम शुरू नगरेपछि आज स्थानीय मानिसहरूले एनजेपी स्टेशनको सडक एक घण्टासम्म अवरोध गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी पुलिस र पार्षद शम्पा नन्दी घटनास्थलमा पुगेर तिनीहरूसित कुराकानी गरे। यसको साथै बोरो चेयरम्यान जयन्त साहा पनि घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गर्दै नगरनिगमको तर्फबाट सफाई कर्मीहरूको सहयोगमा नदी सफाईको कार्य गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *