घर नजिकको चियाकमानबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : घर नजिकको चियाकमानबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटना राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको पाघलाहाट इलाकामा घटेको हो। मृतक युवकको नाम खोकन राय (34) बताइएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार गत साँझ घरदेखि लगभग सय मिटर टाढामा रहेको एउटा चियाबारीबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको हो। के कारणले गर्दा युवकले आत्महत्या गरेको हो भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *