घर निर्माण परियोजनामा नगर निगमले लापर्वाही गरेको पार्षद रञ्जन सरकारको आरोप

सिलगढी : सिलगढी नगरनिगको लापर्वाहीको कारण हाउजिङ फर अल परियोजना अन्तर्गत 20 नम्बर वार्डका मानिसहरूले घर निर्माण कार्य पुरा गर्न नपाएको वार्ड काउन्सिलर रञ्जन सरकारको आरोप रहेको छ। सिलगढीको दुर्गादास कोलनीमा हाउजिङ फर अल परियोजनाअन्तर्गत निर्माण गरिएको तीनवटा घरको उद्घाटन कार्यक्रममा तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। तिनले बताएअनुसार 20 नम्बर वार्डमा हाउजिङ फर अल परियोजना अन्तर्गत लगभग 125 जना मानिसहरूको लागि घर निर्माण कार्य शुरू गरे तापनि नगरनिगमले सटीक रूपमा रुपियाँ प्रदान नगरेकोले गर्दा निर्माण कार्य अधुरो रहेको छ। बोर्ड मिटिङमा यसबारे नगरनिगमलाई बारम्बार अवगत गराए तापनि नगरनिगम फण्डबाट रुपियाँ नपाएको तिनले बताए। केन्द्र र राज्य सरकारद्वारा प्रदान गरिएको रुपियाँबाट नै उक्त घर निर्माण भइरहेको साथै उक्त परियोजनामार्फत् घर बनाउने क्रममा पनि दुर्नीति भइरहेको तिनले बताए। स्थानीय मानिसहरूले उक्त परियोजनामार्फत् घर निर्माण गर्ने सम्पूर्ण रुपियाँ नपाएको साथै तिनीहरूले ऋण लिएर घर बनाइरहेको अनि घर निर्माण गर्नको लागि खर्च भएको राशिमध्ये केही रुपियाँ हालसम्म प्राप्त नभएको बताइएको छ। आउँदो सात दिनभित्रमा उक्त समस्याको समाधान नभए आफूहरू नगरनिगम अघि धरनामा बस्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes