घर पछिल्तिर माटो खन्ने क्रममा बम विस्फोट हुँदा व्यक्ति घाइते

कुचबिहार: घर पछिल्तिर माटो खन्ने क्रममा बम विस्फोट हुँदा एकजना व्यक्ति घाइते भएका छन्। उक्त घटना दिनहाटा 1 नम्बर ब्लक अन्तर्गत भेट्टागढी 2 नम्बर ग्राम पञ्चायतको दक्षिण बालाडाङ्गा गाउँमा घटेको हो। प्राप्त जानकारी अनुसार दक्षिण बालाडाङ्गा इलाका निवासी मुजफ्फर मिया घरदेखि केही टाढामा माटो लिन गएका थिए। तिनले माटो खन्ने क्रममा अचानक ठुलो आवाजले पुरा इलाका हल्लिएपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर हेर्दा मुजफ्फर घाइते अवस्थामा भुइँमा लडिरहेका थिए। यसपछि तत्कालै तिनलाई उद्धार गरेर दिनहाटा महकुमा अस्पतालमा लगियो। घटनाको खबर पाएर दिनहाटा पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *