घर फर्किनेहरूको निम्ति चामोङमा गाउँलेहरूद्वारा क्वारेन्टाइन सेन्टर निर्माण

सुकेपोखरी : कोभिड 19-को संक्रमाणबाट बाँच्नको लागि बहिरबाट आउने मानिसहरूको लागि गाउँ घरमा क्वारेन्टाइन सेन्टर बनाउने कार्य चलिरहेको छ। यसै क्रममा चामोङ चियाबारीको गोठ गाउँमा पनि समाजले सतर्कता अप्नाउँदै स्थानीय प्राथमिक पाठशाला भवानमा देश-विदेशबाट आउने गाउँका मानिसहरूको लागि बस्ने व्यवस्था गरिएको छ। क्वारेन्टाइनमा बस्नेहरूलाई सहयोग साथै देखभाल गर्नेहरूको मनोबल बढाउनको लागि भस्मे गाउँद्वारा खदामाला लगाई दिएर तिनीहरूलाई सम्मान जनाइयो। लाली गुराँस कल्याण संघ, स्वास्थ्य कर्मी, आँगनबाड़ी, आशाकर्मी अनि स्वानिर्भर समूहहरूले सहयोग पुराउँदै आइरहेकोमा सोना तामाङले आभार व्याक्त गरे। यस्तो समयमा समाज अनि राजनैतिक पार्टीहरूले कुनै सहयोग नपुऱ्याएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *