घर फर्किरहेका युवकको शिवमन्दिरमा ट्रेनले काटिएर मृत्यु

सिलगढी (निसं): काम सकेर आफ्नो घर फर्कीरहेको समय आइतबार राति ट्रेनले काटिएर एकजना युवकको मृत्यु भएको छ। मृतक युवकको नाम सूरज उरांव (24) बताइएको छ। तिनी सिलगढी विधानपल्ली निवासी थिए। प्राप्त जानकारी अनुसार गत राति शिव मन्दिर संलग्न मेडिकल मोड़ नजिक रेलवे फाटकमा उक्त दुर्घटना भएको हो। मृतक सूरज फाँसीदेवाबाट काम सकेर आफ्नो घर फर्कीरहेको समय रेलवे ट्र्याकमा अचानक डाउन कञ्चनकन्या ट्रेनले किच्चाएर तिनको घटनास्थलमैं मृत्यु भएको छ। उक्त घटना पछि स्थानीय घटनास्थलमा हेर्ने मानिसहरूको भीड जमेको थियो। यसपछि घटनाको खबर पाएर जीआरपी-को टीम घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाइदिएको थियो भने पोस्टमर्टम पछि आज सोमबार परिवार पक्षलाई पार्थिक शरीर सुम्पिदिएको छ। अर्कोतिर, जीआरपीले मामिलाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *