घर फर्किरहेकी सोनादाका महिलाको ट्रेनमा मृत्यु

सोनादा : अप्पर जोनसन हट्टा सोनादा निवासी 58 वर्षीय रिता शेर्पाको कोलकाताबाट घर फर्किरहेको समय आज बिहानै मालदा नजिकमा ट्रेनमै निधन भएको छ। मृतक महिला कोलकातादेखि पदतिक एक्सप्रेसमा आफ्नो छोरीसँग यात्रा गरिरहेकी थिइन्। मृतक महिला उच्च मधुमेह  रोगले ग्रसित रहेको थियो भने तिनमा कोभिड 19-को कुनै लक्षण नभएको बताइएको छ। हृदयघातको कारण तिनको मृत्यु भएको प्राथमिक अनुमान लगाइएको छ। मालदामा नै तिनको आज पोस्टमार्टम गरिने भएको छ भने पोस्टमार्टमपछि तिनको पार्थिव शरीर सुनादास्थित अप्पर जोनसनहट्टा घरमा ल्याइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *