घैयाबारी अस्पातालमा बिमारीहरू भर्ना गर्न थालेकोमा जीटीए चेयरम्यान अनित थापाप्रति आभार प्रकट

खरसाङ : खरसाङ महकुमाको घैयाबारी अस्पातालमा बिमारीहरू राख्न शुरु गरेकोमा घैयाबारी हिमालयन बेरोजगार संगठनद्वारा जीटीए चेयरम्यान अनित थापाप्रति आभार प्रकट गरेका छन्। घैयाबारी हिमायलन बेरोजगार संगठनको तर्फबाट एक भिडियो जारी गरेर खरसाङ महकुमा अन्तर्गत घैयाबारीको अस्पतालमा बिमारीहरू भर्ना गरिनुपर्छ भनी गत 22 जुलाईको दिन जीटीए चेयरम्यान अनित थापालाई ज्ञापन दिएपछि तिनले झट्टै पहल गरिदिएकोले अहिले घैयाबारी अस्पातालमा बिमारीहरू भर्ना गरेर उपचार गरिन शुरु गरिएको बताएका छन्। संगठनको तर्फबाट भुषण थापा, राजु छेत्री र निर्मल राईले भिडियोमार्फत जीटीए चेयरम्यान अनित थापाको निर्देशनमा पुन: बिमारीहरू भर्ना गरिएको कारणले स्थानीयहरूलाई धेरै सुविधा हुने बताएका छन्। यस कार्यको लागि भुषण थापाले जीटीए चेयरम्यान अनित थापा, युवा मोर्चाका तीनधारे महानदी समष्टीको संयोजक केवल राई लगायत बीएमएचओ सुकना लगायत अस्पतालको सम्पूर्ण कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *