घैयाबारी क्षेत्रमा बिमलपन्थी युवा मोर्चाद्वारा कोरोना संक्रमितहरूको घरमा सेनिटाइज

खरसाङ : खरसाङको घैयाबारी क्षेत्रमा बिमलपन्थी युवा मोर्चाद्वारा कोरोना पोजिटिभ पाइएको क्षेत्रमा सेनिटाइजको कार्य सम्पन्न गरियो। बिमलपन्थी युवा घैयाबारी खण्ड समितिको सभापति दिप सन्यासीले घैयाबारी क्षेत्रमा 7 जना कोरोना पोजिटिभ पाइएपछि तिनीहरू प्रत्येकको घर-घरमा पुगेर सेनिटाइज गरिरहेको बताएका छन्। तिनले घैयाबारीका जनतालाई कोरोना महामारीमा सचेत र जागरुक रहने आह्वान् गरेका छन्। तिनले बताए अनुसार घैयाबारी क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या बढिरहेको कारणले गर्दा आफुहरूले ज्यानको बाजी लगाएर लगातार रुपमा सेनिटाइज गरिने कार्य गरिरहेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *