घैयाबारी कन्ट्रयाक्टर वेलफेयर एसोसिएशन गठन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत घैयाबारी क्षेत्रको ठेकादारहरूलाई लिएर नयाँ सङ्गठन गठन गरिएको छ। घैयाबारी क्षेत्रका ठेकादारहरूलाई लिएर तीनधारेको 20 माइलस्थित स्मृति वनमा एउटा सभा वाङ्दी लामाको अध्यक्षता र उदय छेत्रीको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा नै घैयाबारी कन्ट्रयाक्टर वेलफेयर एसोसिएशन गठन गरिएको छ। सभामा सर्वसहमतिद्वारा घैयाबारी कन्ट्रयाक्टर वेलफेयर एसोसिएशनको गठन गरियो, जसमा सभापति वाङ्दी लामा, उप सभापति उदय छेत्री, मूल सचिव भुषण थापा, सह सचिव निर्मल राई, कोषाध्यक्ष राजेश प्रधान, मुख्य सल्लाहकारहरूमा केवल राई, शंकु खवास, प्रणाम राई, प्रवेग छेत्री लगायत 10 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ। उक्त ठेकादार एसोसिएसनको गठन गर्नुको मुख्य उद्देश्य घैयाबारी क्षेत्रमा ठेकादारको कार्यसितै सामाजिक कार्यहरू पनि गरेर लैजानु रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *