घैयाबारीको 110 परिवारलाई खाद्य सामग्रीहरू सहित मास्क वितरण

खरसाङ : खरसाङ खण्ड अन्तर्गत घैयाबारीको गैरी गाउँको तीनवटा समाजको जम्मा 110 परिवारलाई स्पिरिड स्माएल फाउण्डेशन मिरिकद्वारा विभिन्न खाद्यान्न सामग्रीहरू वितरण गरियो। यस अवसरमा खाद्यान्न सामग्रीहरू आलु,प्याज, टमाटर, न्युट्रेला लगायत मास्क अनि सेनिटाइजरहरु वितरण गरिएको छ। यस कार्यको लागि आज उक्त संगठनको प्रतिनिधिहरू घैयाबारी आएर यो कोरोना महामारीमा सहयोग गर्दै विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरे। यस खाद्यान्न सामग्रीहरू वितरण कार्यको निम्ति घैयाबारीका तीनैवटा समाज क्रमैले गैरी गाउँ समाज, समर्पण संघ अनि ग्राम सुधार समाज गैरी गाउँको तर्फबाट विपन विश्वकर्मले विशेष धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *