घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको जीटीए स्वास्थ्य विभागका सभासद अरुण सिगचीद्वारा निरीक्षण

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीमा पर्ने घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको जीटीएको स्वास्थ्य विभागका कार्यकारी सभासद अरुण सिगचीले आज निरीक्षण गरे। घैयाबारी अस्पतालमा स्थानीयहरूले धेरै असुविधा भोग्न परिरहेको र धेरै समस्याहरू रहेको कारणले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशनमा भारप्राप्त कार्यकारी सभासद अरुण सिगचीले आज घैयाबारी अस्पतीलको निरीक्षण गरेको बताइएको छ। तिनले अस्पतालको डाक्टरहरू सुकना खण्ड स्वास्थ्य केन्द्रको स्वास्थ्य अधिकारी डाक्टर गुप्त लगायत घैयाबारी अस्पतालको डाक्टर र कर्मचारीहरुसित भेटघाट गरेर यहाँको विभिन्न समस्याहरू बुझेका छन्। यस अवधि कतिपय समस्याहरू समाधान गर्नलाई फोनमार्फत् सीएमओएच-सित पनि बातचित गरे।

कार्यकारी सभासद अरुण सिगचीले घैयाबारी अस्पतालको विभिन्न समस्याहरू लिखित रुपमा क्षेत्रीय सभासद नवराज छेत्रीमार्फत् पठाउने निर्देश दिएका छन् भने घैयाबारी अस्पतालको रोगी कल्याण समितिको सभापतिका रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई राखिनु पर्ने मौखिक निर्देश पनि दिएका छन्। तिनले घैयाबारी अस्पतालको विभिन्न समस्याहरू लिएर आगामी सप्ताह सीएमओएचसित विभागीय रूपमा सभा गर्ने भएको छ। अस्पतालको निरीक्षण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै कार्यकारी सभासद अरुण सिगचीले भने, मैले विभागको जिम्मावरी लिएपछि सबैतिर भ्रमण गरिरहेको छु र यसै विषयलाई लिएर आज घैयाबारी अस्पतालको निरीक्षण गरेको हुँ। त्यसरी नै घैयाबारी अस्पतालको डाक्टर एवम् सुकना खण्ड स्वास्थ्य केन्द्रको एक्टिङ स्वस्थ अधिकारी डा. गुप्ताले कार्यकारी सभासदले भने अनुसार केही दिनमा अस्पतालको विभिन्न समस्याहरूलाई लिएर लिखित रूपमा पठाउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes