घैयाबारी तीनको विभिन्न ठाउँहरूमा सर सफाई

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न ठाउँहरूमा स्वच्छता नै सेवा अन्तर्गत सर सफाई गरियो। स्वच्छ भारत अभियानको कार्य अन्तर्गत तीन रोहिणी टोल प्लाजा क्षेत्र, सिलिम हिल, घैयाबारी स्वास्थ्य केन्द्र परिसर, नयाँ कमानको प्राथमिक पाठशाला परिसरमा विभिन्न स्वनिर्भर दलहरूतका सहयोगमा सर सफाई गरियो।


विशेष गरेर रोहिणीको टोल प्लाजा छेउ चारवटा ठाउँहरूमा वाहनबाट मैला फ्याँकने गर्दछ। यसलाई रोकथाम गर्नको निम्ति घैयाबारी ग्राम पञ्चायत तीनका प्रधान सुष्मा वाईबाले वाहनका चालकहरूलाई बाटोमा मैला नफ्याँकिदिने अपील गरिन्। घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न क्षेत्रमा स्वच्छता नै सेवा अन्तर्गत सर सफाई गरिएको धिरेन प्रधानले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *