घुम जोरबङ्गलो कलेजको अनसनलाई समर्थन, 17 मईमा रेली

घुम: सरकारी मान्यता दिनु पर्ने मागमा घुम जोरबङ्गलो कलेजमा चलिरहेको अनसनलाई स्थानीय समाजहरूले पनि समर्थन गर्न थालेका छन्। यसै क्रममा आज स्थानीय ग्राम कल्याणकारी समाज पनि घुम जोरबङ्लो कलेजको संरक्षणका लागि अघि आएको छ। समाजका प्रतिनिधिहरुले आज घुम जोरबङ्गलो कलेजमा चलिरहेको अनसन स्थलमा आएर समर्थन जनाएका छन्। समाजको तर्फबाट उप सभापति धिरेन छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै अनसनकारीहरूलाई आफुहरूको पनि पूर्ण समर्थन रहेको बताए। अर्कोतिर, घुम जोरबङ्गलो कलेजलाई सरकारी मान्यता दिनु पर्ने मागमा आगामी 17 मईको दिन शान्तिपूर्ण रेलीको आयोजना गरिने भएको घुम जोरबङ्गलो कलेजको स्टाफ वेलफेयर एसोसिएशनका अध्यक्ष डा. महेश दाहालले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *