घुम-जोरबङ्लो समष्टिमा भागोप्रमो-को पार्टी कार्यालय उद्घाटन

दार्जिलिङ: घुम-जोरबङ्लो समष्टि अन्तर्गत 3 नम्बर वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज चुनावी सभा सम्पन्न गरियो। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको बहुलीबाट पार्टी कार्यालयको पनि उद्घाटन गरियो। यसवाहेक, गत दार्जिलिङ नगरपालिका चुनाउमा टीएमसी पार्टीबाट 3 नम्बर वार्डमा उम्मेदवारको रुपमा खडा भएका रोजी लेप्चाले यस पटकको नगरपालिका चुनाउमा आफ्नो वार्ड साथै गाउँ विकासको निम्ति प्रजातान्त्रिक मोर्चाको उम्मेदवारलाई सहयोग गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *