घुमबाट हटाइएको कोभिड भ्याक्सिन सेन्टर आजदेखि पुन: शुरू

दार्जिलिङ: सामाजिक दुरी पालन नगरिएको तथा कतिपय कोभिडको प्रोटोकललाई उल्लङ्न गरिएको भन्दै लगभग दस दिनअघि घुमबाट हटाइएको कोभिड भ्याक्सिन सेन्टर सरकारद्वारा निर्धारण गरिएको नियमहरुलाई पालन गर्नुपर्ने शर्तमा आजदेखि पुनः सञ्चालनमा ल्याइएको छ। मुख्य रूपमा घुम जोरबङलो क्षेत्रको विभिन्न राजनैतिक पार्टी तथा संघ- संस्था लगायतको पहलमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको बताइएको छ भने उक्त सेन्टर पुन: सुरू गरेकोमा घुम जोरबङ्लो क्षेत्रका मानिसहरूले राहतको सास फेरेको छन्। अर्कोतिर, उक्त प्रयासको निम्ति सम्बन्धित निकायप्रति विभिन्न पार्टीका प्रतिनिधिहरुले आभार प्रकट गरेका छन। स्मरण रहोस्, घुम जोरबङ्लो क्षेत्रमा सञ्चालित उक्त सेन्टर बन्द भएपछि विभिन्न राजनैतिक पार्टी तथा सामाजिक संस्थाहरुले सामुहिक रूपमा सम्बन्धित अधिकारी लगायत महकुमा शासकलाई भेटेर स्थानीयवासीको पक्षमा अनुरोध गरेपछि आजदेखि फेरि भ्याक्सिन सेन्टर सञ्चालनमा आएको छ। तथापि आज पुन: सामाजिक दुरी कायम नगरेको बताइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *