घुम जोरबङ्लो कलेजमा आजदेखि रिले भोक हडताल शुरू

घुम : घुम जोरबङ्गलो कलेजलाई सरकारी मान्यता दिनु पर्ने मागमा गत 29 मईदेखि चलिरहेको पेनडाउन हड़ताल आजदेखि रिले भोक हडतालमा परिणत भएको छ। घुम जोरबङ्गलो कलेजमा आजदेखि शुरू गरिएको रिले भोक हडतालको आज पहिलो दिन पाँचजना शिक्षकहरू हडतालमा बसेका छन्। उक्त रिले भोक हडताल अभियानलाई विभिन्न समाज, सङ्घ-संस्थान, अराजनैतिक सङ्गठन साथै केही राजनीतिक पार्टीले समेत समर्थन जनाएको छ। यो एउटा सामाजिक समस्या र शिक्षाजस्तो महत्वपूर्ण विषय भएकाले गर्दा विद्यार्थीवर्ग, अभिभावकगण अनि सङ्घ-संस्थानहरूले समेत समर्थन जनाएको साथै आफुहरूको माग पूरा नभएसम्म अभियान जारी रहने बताइको छ। गत 29 मईदेखि कलेजका कर्मचारीहरूले पेनडाउन हड़ताल शुरू गरेको थियो भने आज 6 मईदेखि रिले भोक हडताल शुरू हुनको साथै आमरण हडताल समेत गर्ने प्रशासनलाई चेतावनी दिएको छ। यो अराजनैतिक अभियान हो भन्दै घुम जोरबङ्लो महाविद्यालयलाई सरकारी मान्यता दिनु पर्ने माग महाविद्यालयका सबै शिक्षण तथा अशिक्षण कर्मचारीहरू सहित विद्यार्थीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *