घुम जोरबङ्लो महाविद्यालयमा दोस्रो दिन पेनडाउन हडताल जारी

घुम: घुम जोरबङ्लो महाविद्यालयमा हिजोदेखि शुरू गरेको पेनडाउन हडताल आज दोस्रो दिन पनि जारी रहेको छ। घुम जोरबङ्लोलाई अझसम्म सरकारी मान्यता दिलाउन नसकेको साथै जीटीएको कुनै व्यवस्थामा समेत अन्तर्भुक्त गर्न नसकेको हुँदा घुम जोरबङ्लो महाविद्यालयका शिक्षण अनि अशिक्षण कर्मचारीहरूले पेनडाउन शुरु गर्नु वाध्य भएको बताएका छन्।


यसको लागि थुप्रैपल्ट सक्दो पहल गरे तापनि निश्चित केही हात नलाग्दा यस्ता कदम उठाउन वाध्य भएको कार्यकारी प्रमुख रूपक घिमिरेले जनाएका छन्। विशेष गरेर शिक्षा जस्तो महत्वपूर्ण विषयलाई अनदेखा नगरेर शिक्षाको गरिमालाई बचाएर राख्ने अभियान अन्तर्गत शिक्षा सडक-मा रहेको तिनले जनाएका छन्।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *