घुम जोरबङ्गलोमा लगाइयो बिमल खेमा पार्टीको झण्डा

घुम: पहाडमा हाल गोजमुमो बिमल खेमाको सांगठनिक विस्तारसँगै विभिन्न ठाउँहरूमा पार्टीको झण्डा लगाइने कार्य युद्ध स्तरमा भइरहेको छ। यसैक्रममा आज घुम जोरबङ्गलो क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको झण्डा लगाइने कार्य सम्पन्न भयो। दार्जिलिङको घूम जोरबंगलो समष्टिका संयोजक बिजय राई, किरण राई साथै दार्जीलिङ नगरपालिका वार्ड नम्बर 1-का नगर पार्षद श्रीमती नीरा शर्माको नेतृत्वमा उक्त घुम जोरबङ्गलो क्षेत्रमा पार्टीको झण्डा लगाइयो। झण्डा लगाउनको प्रमुख औचित्य पार्टी अध्यक्ष बिमल गुरुङ लगायत सम्पूर्ण विस्थापितहरुको स्वागतको निम्ति लगाइएको साथै सम्पुर्ण समष्टिवासी तिनीहरूको स्वागतको तयारीमा रहेको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *