घोषपुकुर फ्लाईओभरमा फाँटो देखापरेपछि वाहनहरूको चलाचल बन्द

फाँसीदेवा : फाँसीदेवाको घोषपुकुर फ्लाईओभरमा आज एउटा ठुलो फाटो देखा परेको छ। घोषपुकुर-सलसलाबारी प्रोजेक्ट अन्तर्गत राष्ट्रिय राजमार्ग 31(डी)-लाई जोड़ने फ्लाईओभरमा ठुलो फाँटो देखापरेपछि घोषपुकुर ट्राफिक पुलिसले वाहनहरूको चलाचल बन्द गरिदिएको छ। उक्त फ्लाईओभरमा ठुलो फाँटो देखापरेपछि स्थानीय मानिसहरूले पहिला नै धेरैपल्ट आवाज उठाएका थिए। गत वर्ष अगस्तमा कान्तिभिटा फ्लाईओभरमा फाँटो देखापरेको थियो। घोषपुकुर फ्लाईओभरमा फाँटो देखापरेपछि स्थानीय मानिसहरू चिन्तित थिए। अर्कोतिर, उक्त मामिलाको सूचना राष्ट्रिय राजमार्ग प्रबन्धनलाई दिएको छ। घोषपुकुर फ्लाईओभरमा आज  फाँटो देखापरे तापनि केही समयसम्म यसको किनार भएर वाहनहरूको चलाचल यथावत् थियो तर पछि पुलिसले कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर वाहनहरूको चलाचल बन्द गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.