घोषपुकुरमा दुईवटा ट्रक ठोक्किँदा 2 जना घाइते

राजगञ्ज : सिलगढी संलग्न फुलबारी घोषपुकुर राष्ट्रिय राजमार्गको गठमाबारी इलाकामा दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 2 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान एउटा बाँस बोकेको ट्रक सिलगढीबाट घोषपुकुरतर्फ गइरहेको समय विपरीत दिसाबाट आइरहेको एउटा ट्रकसित ठोक्किँदा दुईजना घाइते भएको छ भने तीमध्ये एकजनाको अवस्था आशंकाजनक रहेको बताइएको छ। स्थानीय मानिस तथा पुलिसको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर नजिकैको अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा ट्रक उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.